जेनजी आन्दोलनमा प्रश्नउत्तर जलेका सीटीईभीटीका विद्यार्थीहरुको पुनपरिक्षा गराउने’

२०८२ कार्त्तिक ०३ सोमवार
सारांश
  • सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुको पुन परिक्षा गराउने बताएका छन् ।

 

सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।

 

उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटी सम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमा सीटीईभीटीको जुन विद्यार्थीहरुको छन् उनीहरुको प्रश्नउत्तरको कपि जलेको हुनाले जस जसको कापि जलेको छ । ती विद्यार्थीहरुको पुन परिक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्यो परिक्षा सहज तरिकाले लिने कुरा भएको छ । परिक्षा फेरि लिने भन्ने निर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरुको फेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च आउने भएको छ ।’

 

यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दै त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।

 

उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको र त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेर टुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’

 

वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्या हुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटर विषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार